Logo

कोलम्बियाका पूर्वमिडफिल्डरको निधन



काठमाडौं । सडक दुर्घटनापछि अस्पतालमा उपचाररत कोलम्बियाका अन्तर्राष्ट्रिय पूर्वमिडफिल्डर फ्रेडी रिन्कोनको ५५ वर्षको उमेरमा निधन भएको छ।

दक्षिण पश्चिम सहरबाट फर्किने क्रममा सोमबार बस दुर्घटनामा परी टाउकोमा गम्भीर चोट बोकेका रिन्कोनको बिहीबार निधन भएको हो। रियाल मड्रिड तथा नेपोलीका पूर्वखेलाडीको टाउकोमा भएको गम्भीर चोटपछि शल्यक्रिया गरिएको थियो।

५५ वर्षका पूर्व मिडफिल्डर रिन्कोनले कोलम्बियाका लागि १७ गोल गरेका थिए। कोलम्बियन फुटबलको ‘गोल्डेन जेनेरेसन’ मा पर्ने रिन्कोनले सन् १९९०, १९९४ र १९९८ गरी लगातार तीन विश्पकप खेलेका थिए।

सन् २००१ मा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका रिन्कोन ९० को दशकका उत्कृष्ट कोलम्बियन खेलाडीको सूचीमा अटाएका थिए। उनले कोलम्बियाको राष्ट्रिय टोलीमा ८४ क्याप जितेका छन्। रिन्कोनले सन् १९९५ देखि ९६ सम्म रियालबाट खेलेका थिए।



प्रतिक्रिया दिनुहोस्

Screenshot