Logo

भारतमा निर्मित कोभ्याक्सिन यूरोपमा विक्री



एजेन्सी, २ वैशाख । भारतमा निर्मित कोरोना भाइरसविरुद्धको कोभ्याक्सिन यूरोपमा विक्री हुन थालेको छ । कोभ्याक्सिनको निर्माण कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत अडर पुणावालाले यसबारे जानकारी गराएका हुन् ।

पुणावालाले ४ करोड डोज कोभ्याक्सिन यूरोपका देशहरु र अष्ट्रेलियामा विक्री भएको जनाए । भारतमा निर्माण भएको भ्याक्सिन पहिलोपटक यूरोपमा पुगेको हो ।

सेरम विश्वकै सबैभन्दा बढी भ्याक्सिन निर्माण गर्ने कम्पनी हो । यसको उत्पादन प्लान्ट भारत र यूरोप दुवैमा छ । तर, भारतमै निर्माण भएर पहिलोपटक भ्याक्सिन यूरोप पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्