Logo

आज कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक बस्दै



काठमाडौं, २ बैशाख । सत्तारुढ दल नेपाली कांग्रेसको निर्वाचन परिचालन समितिको बैठक आज बस्दैछ । समितिको आज बस्ने बैठकले आगामी बैशाख ३० गते हुने चुनावको लागि उम्मेदवार छनोट लगायतका निर्णय गर्ने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकले उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनका साझा उम्मेदवारलाई जिताउने बारेमा छलफल हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्