Logo

पोखरा महानगरमा एमालेले उम्मेदवार सिफारिसका लागि चुनाव गर्दै



पोखरा, २ बैशाख । पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि उम्मेदवार सिफारिस गर्न नेकपा एमालेले आज मतदान गर्ने भएको छ ।

उम्मेदवारको धेरै आकांक्षी भएपछि उम्मेदवारको टुंगो लगाउन एमाले पोखरा महानगर कमिटिले मतदान गर्न लागेको हो ।
१२ जना उम्मेदवारहरुले महानगरका मेयर र उपमेयरमा आकांक्षा दर्ता गरेका थिए ।

ती मध्ये धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम सिफारिस हुनेछ । आज दिउँसो १२ बजे मतदान गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्