ललितपुर, २ बैशाख । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको लागि सात जनाको नाम सिफारिस गरेको छ ।
ललितपुर महानगर कार्यसमितिले शुभानन धाख्वा, भरतलाल न्याछ्यो र प्रेमकृष्ण महर्जन, चीरीबाबु महर्जन, गीता सत्याल, राजेश महर्जन र अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।
ललितपुर महानगरको उम्मेदवारको टुंगो केन्द्रीय कार्यसमितिले लगाउने छ ।