Logo

एएफसी एसियन कप छनोटका लागि नेपाली फुटबल टोली प्रशिक्षणमा जुट्यो



काठमाडौं, २ वैशाख । एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम आज (शुक्रबार)बाट प्रशिक्षणमा जुटेको छ ।

नेपाली टोलीले दशरथ रंगशालामा शुक्रबारबाट प्रशिक्षण सुरु गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणका लागि २५ खेलाडी बोलाएका छन् ।

पहिलो दिनको प्रशिक्षणमा २३ खेलाडी सहभागी भएको एन्फाले जनाएको छ ।

मुख्य प्रशिक्षक अलमुताईरीले प्रशिक्षणका लागि किरण कुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, विकास खवास, विमल घर्ति मगर, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र विशाल राईलाई बोलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot