Logo

अमृता खत्रीको हत्या भएको भन्दै प्रदर्शन



बुटबल, २ बैशाख । रुपन्देहीको तिलोत्तमामा बुधबार शंकास्पद मृत्यु भएकी अमृता खत्री टण्डनको हत्या भएको भन्दै आफन्तहरु प्रदर्शनमा उत्रेका छन् । २९ वर्षीया अमृताको हत्या भएको भन्दै निष्पक्ष छानबिनको माग गर्दै जानकीनगरमा आफन्तहरु प्रदर्शनमा उत्रेका हुन् ।

अमृतालाई न्याय देउ भन्दै आफन्तले नाराबाजी गरिरहेका छन् । माइती बस्दै आएकी अमृताका पति प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् । अमृतालाई परिवारले कुटपिट गर्दै आएको र बुधबार विष सेवन गर्न लगाएको स्थानीयहरुको दाबी छ ।

प्रेम र अमृताले ७ वर्ष अघि प्रेम विवाह गरेका थिए । उनले परिवारबाट यातना पाएको भन्दै प्रहरीमा उजुरी समेत दिएकी थिइन् । उनको ५ वर्षीय छोरा पनि छन् ।



प्रतिक्रिया दिनुहोस्