Logo

अमेरिकाले दिने करीब ८० अर्ब अनुदान स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय



काठमाडौं, २ बैशाख । नेपाल सरकारले अमेरिकाले दिने करीब ८० अर्बको अनुदान सहायता लिने निर्णय गरेको छ ।

अमेरिकाको विकासको लागि सहयोग निकाय (युएसआईडी)ले दिने विभिन्न विकास कार्यक्रमको लागि प्राप्त हुने ७९ अर्ब ७१ करोड वैदेशिक अनुदान लिने मन्त्रिपरिषदको बैठकले निर्णय गरेको हो ।

मन्त्रिपरिषदको गत चैत्र ३० गते बसेको बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

त्यस्तै, सरकारले विश्वबैंक अन्तर्गतको अन्तराष्ट्रिय विकास संस्थामार्फत प्राप्त हुने १८ अर्ब रुपैयाँ पनि स्वीकार गर्ने बैठकले निर्णय गरेको छ ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot