काठमाडौं, १ बैशाख । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक नेपाल आउने भएका छन् ।
महानिर्देशक डा.टड्रोस एड्हानोम गेहब्रेयसको टोली आगामी बैशाख ८ गते नेपाल आउने भएको हो ।
तीनदिने सद्भाव भ्रमणमा रहने गेहब्रेयसको टोलीको विभिन्न भेटघाट गर्ने कार्यक्रम रहेको छ ।