Logo

मन्त्रीदेखि उद्योगपतिसम्मलाई गुर्जो चिया सेवा (फोटोफिचर)



काठमाडौं, २ बैशाख । नयाँ वर्ष २०७९ को अवसरमा टुँडिखेलमा आयोजित ‘ओशो ध्यान नृत्य उत्सव’ मा सहभागीहरुलाई गुर्जो अभियन्ता कमलबहादुर राजलवट र उनको अभियानका सदस्यहरुले गुर्जोको चिया सेवा गरेका छन् ।

ओशो तपोवनका स्वामी अरुण आनन्द, नेपाल सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उद्योगपति डा. उपेन्द्र महतोलगायत उपस्थिति सबै अतिथिहरुलाई गुर्जोको चिया सेवा गरिएको राजलवटले जनाएका छन् ।

उनकाअनुसार हिजो टुँडिखेलमा उक्त कार्यक्रममा सहभागी भएका करिब ८ हजारलाई गुर्जोको चिया सेवा गरिएको थियो । सो अवसरमा राजलवटको टोलीले खानेपानीको पनि व्यवस्था गरेको थियो ।

उक्त सेवामा राजलवटका आफ्नै बहिनी अञ्जु प्रधान, ज्वाँई राजेश प्रधान, योग गुरु सुरेन्द्र रिमाल, किशोर जोशी, गोपाल खड्का, केदार शिवाकोटी, ईन्द्रप्रसाद चापागाँई र अच्यूत अर्यालको सक्रिय सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्