Logo

पाँच वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा ५७ वर्षीय पुरुष पक्राउ



काठमाडौं, ३ वैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका वडा नम्वर ७ का ५७ वर्षीय एक पुरुषलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।

मेवा खुवाउने बहानामा आफ्नै घरमा बोलाएर घरको दोस्रो तलामा लगेर बालिकालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा निज पुरुषलाई पक्राउ गरिएको बताइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्