Logo

महानगर र उपमहानगरपालिकामा बाहेक अन्य तहमा तालमेलको लागि कांग्रेसले केन्द्रबाट निर्देशन नदिने



काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा महानगर र उपमहानगरपालिकाबाहेक अन्य तहमा तालमेलको लागि केन्द्रबाट निर्देशन नदिने भएको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरुले यस्तो मत राखेका छन् ।

पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले तालमेल सम्भव नभएको ठाउँबाट केन्द्रमा रिपोर्ट गर्न भनिने बताए । उनले भने,‘महानगरपालिका र उपमहानगरबाहेक अरू नगरपालिका र गाउँपालिकामा त्यही तहबाट तालमेल हुन्छ । यहाँबाट कुनै निर्देशन जाँदैन ।’



प्रतिक्रिया दिनुहोस्