Logo

आवश्यकत्ताले गठबन्धन बनेको हो, तीनै तहको निर्वाचनसम्म कायम रहन्छ : गृहमन्त्री खाँण



काठमाडौं, ३ बैशाख । गृहमन्त्री बालकृष्ण खाँणले अहिलेको पाँच दलीय गठबन्धन समयको आवश्यकत्ताले बनेको भन्दै यसलाई अझै मजबुद बनाएर लैजानुपर्नेमा जोड दिएका छन् ।

पछिल्लो समय स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेलबारे गृहकार्य थालिएको छ । तर, कांग्रेसका कतिपय नेताहरुले चुनावमा एक्लै लड्नुपर्नेमा जोड दिएका छन् ।

गृहमन्त्रीसमेत रहेका कांग्रेसका प्रभवशाली नेता खाँणले भने पाँच दलीय गठबन्धन समयको आवश्यकत्ताले बनेको भन्दै आगामी दिनमा पनि सहमति, सहकार्य र एकता गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा खाँणले निर्वाचनमा पनि मिलेर नै जाने बताए । उनले स्थानीय तहको निर्वाचनमा पनि सबै तहमा आवश्यकत्ताअनुसार तालमेल गरिने बताए ।

कांग्रेसमा नेता डा. शेखर कोइराला समूहले स्थानीय तहको निर्वाचनमा पार्टीले एक्लै प्रतिष्पर्धा गर्नुपर्ने बताईरहँदा सभापति शेरबहादुर देउवा भने गठबन्धनबीच तालमेल गरेर नै जाने पक्षमा उभिएका छन् ।

खाँणले पनि परिवर्तनलाई रक्षा गर्नको लागि अहिलेको पाँच दलीय गठबन्धनबीच तीनै तहको निर्वाचनसम्म सहकार्य हुनुपर्ने बताएका छन् ।

सबैको विन विन हुनेगरि र स्थानीय तहको वस्तुस्थिति हेरेर तालमेल गरिने उनको भनाई छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुँदैछ।

यसको लागि दलहरुले आफ्नो तयारी थालिसकेका छन् । निर्वाचन आयोगले पनि तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक सबै काम थालिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्