Logo

एमाले अध्यक्ष ओलीले आज हवाई अवलोकनसहित हुम्लाका तीन वटा आमसभालाई सम्बोधन गर्दै



काठमाडौं, बैशाख ४ । हुम्लाका तीन स्थानमा हुने आमसभालाई सम्बोधन गर्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज हुम्ला जाँदैछन् । अध्यक्ष ओली अहिले बिहान ११ वजे हेलिकोप्टरबाट हुम्ला जान लागेका हुन् ।

अध्यक्ष ओलीले पहिले उत्तरी नाम्खा गाउँपालिकाको लिमि भ्याली र जिल्ला सदरमुकाम सिमकोटमा आयोजना हुने आमसभालाई सम्वोधन गर्नेछन् ।

त्यसपछि जिल्लादक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगरमा हुने सभालाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले नेपाल र चीनको सीमाना नाम्खा गाउँपालिकाको लिमीमा रहेको लोलुङजोङको हवाई अवलोकन गर्नेसमेत कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot