Logo

नयाँ वर्षः प्रि ओपनमा बजार हरियो



काठमाडौं, ४ वैशाख । नयाँ वर्षपछि पहिलो पटक खुलेको सेयर बजार प्रि ओपन सेसनमा सामान्य अंकले बढेको छ ।

नेप्से सूचक ७.१० अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २४२२.३४ विन्दुमा आइपुगेको छ । यस अवधिमा ४ लाख १९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१७ कम्पनीको मूल्य बढेको छ भने एउटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ ।

२० कम्पनीको ११ सय ४८ कित्ता सेयर खरिदबिक्री भएको छ ।



प्रतिक्रिया दिनुहोस्