Logo

ललितपुर महानगरसहित ३ वटामा कांग्रेसको उम्मेदारी दिने सहमति



ललितपर, ४ बैशाख । ललितपुरमा पाँच दलिय गठबन्धनमा सहमति भएको छ ।

ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका र बाग्मती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति शनिबार बसेको बैठकले निर्णय गरेको हो ।

महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तीनै दलले दाबी गर्दै आएका छन् ।

बाँकी रहेको पालिकामा सहमति नजुटेपछि त्यहाँको जिम्मेवारी प्रदेशलाई दिइएको एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्