Logo

अज्ञात समुहद्धारा राप्रपा नेपाल चितवनका अध्यक्षको घर तोडफोड



काठमाडौं, ४ बैशाख । अज्ञात समुहले राप्रपा नेपाल चितवनका अध्यक्षको घर तोडफोड गरेको छ । गएराति गए राति भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित अध्यक्ष विष्णु खरालको घरमा तोडफोड भएको हो ।

खरालको घरको झ्यालमा ढुंगाले हानेर सिसा फुटाइएको छ । घटनाको भत्सर्ना गर्दै खरालले स्थानीय प्रशासनसँग घटनाको छानबीन गर्न माग गरेका छन् । अध्यक्ष खरालको घरका सीसा फुटेका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot