काठमाडौं, ४ बैशाख। चर्चित नायिका बेनिशा हमालले छिट्टै विवाह गर्ने खुलासा गरेकी छिन् ।
उनले आमाबुवाले पनि विवाहको लागि दबाब दिएको बताईन् ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको धमला को हमला कार्यक्रममा उनले प्रेम चाहेर नहुने पनि स्पष्ट पारिन् ।
उनले आफूले विवाह गर्ने युवा र आफूबीच सोच मिल्नुपर्ने बताईन् ।
उनले आफूसँग विवाह गर्ने युवामा आफ्नो निर्णयलाई सम्मान गर्ने खालको गुण हुनुपर्नेमा जोड दिईन् ।
अहिलेपनि आफू एक युवासँग प्रेममा रहेको खुलाईन् । तर, विवाहसम्म नै पुग्ने कि नपुग्ने भन्नेबारे अहिले सोचिनसकेको उनको भनाई छ ।