Logo

नेकपाका नेताहरु वली र बास्तोलाले भेटे प्रचण्ड र माधव नेपाललाई



काठमाडौं, ४ बैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुले सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

विप्लव समूहका नेताहरु हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले आज दाहाल र नेपालसँग सामूहिक रुपमा भेटवार्ता गरिन् ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनीहरुबीच भएको भेटवार्तालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

विप्लव नेतृत्वको पार्टीमा अहिले चुनावलाई लिएर मत विभाजित बनेको छ ।

अध्यक्ष विप्लवसहित प्रवक्ता खड्गप्रसाद विश्वकर्माले भने चुनावमा भाग लिने रणनीति लिएका छन् ।

उनीहरुले स्वतन्त्र रुपमा उम्मेद्धवारी दर्ता गर्ने तयारुी गरेका छन् ।

तर, वली र बास्तोलाले भने चुनावलाई बहिष्कार गर्नुपर्ने लाईन लिएका छन् ।

आजको भेटवार्तामा भने विप्लव समूहका नेताहरुले यसअघि सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनको कुरा उठाएका थिए ।

जवाफमा दाहाल र नेपालले चुनावअघि नै तीन बुँदे सहमति कार्यान्वयन गराउने विश्वास दिलाएका थिए ।



प्रतिक्रिया दिनुहोस्