Logo

पोखरा महानगरको मेयरमा मन्त्री थापासहित कांग्रेसका १८ जनाले पेश गरे दाबेदारी



पोखरा ४ बैशाख । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट १८ जना आकांक्षी देखिएका छन् । पछिल्लो समय चर्चा बटुलेका महानगरमध्ये एक पोखरामा मेयरका लागि १८ जनाले दाबी पेश गरेका हुन् ।

कांग्रेसको तर्फबाट पेश गर्र्नेमा गण्डकी प्रदेश सरकारका मन्त्री बिन्दुकुमार थापा पनि छन् । त्यस्तै, पुर्व सचिव बाबुराम आचार्य पनि छन् ।

यसैगरी जिल्ला सभापति किशोरदत्त बराल, गंगाधर पराजुली, विश्व शंकर पालिखे, वीरेन्द्र नारायण बिसुङ्खे, गणेश प्रसाद भट्टराई, किरण केसी ऋषि सापकोटा लगायतले आज मेयरका लागि निवदेन दर्ता गराएका छन् । यसैगरी उपमेयरमा ११ जनाको आबेदन परेको छ ।

 



प्रतिक्रिया दिनुहोस्