Logo

पल शाह प्रकरणः नाबालिकाले अदालतमा बयान फेरिन्



काठमाडौं, ४ बैशाख । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्ध नाबालिकाले अदालतमा बयान फेरेकी छिन् । यस प्रकरणमा बहस गर्दै आएका कानुन व्यवसायीहरुले पीडित नाबालिकाले बयान फेरेको कुरा बाहिर ल्याएका हुन् ।

पीडित नाबालिकाले जिल्ला अदालत तनहुँमा उजुरीमा उल्लेख भएका विवरण सबै सत्य नभएको बताएको स्रोतले जनाएको छ । पीडितले आफु कसैको उक्साहटमा परेर जाहेरी दिएको बताएको दाबी वकिलहरुले गरेका छन् ।

उनको बयानसँगै पल शाहका शुभचिन्तकहरु खुशी भएका छन् ।

पल शाहमाथि नाबालिका गायिकाले आफुमाथि यौनजन्य अपराध गरेको भन्दै आरोप लगाएपछि उनका पिताले उजूरी दर्ता गरेका थिए । यही विषयसँग सम्बन्धित अर्को उजूरी नवलपरासीमा दर्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्