Logo

मेलिनाको ‘मकै पिन्नु जाँतोमा’ सार्वजनिक



काठमाडौं, ५ बैशाख । गायिका मेलिना राई र गायक रमेश राई एकसाथ ‘मकै पिन्नु जाँतोमा’ बोलको म्युजिक भिडियो लिएर आएका छन्।

प्रेमिल शैलीको गीतमा निशा नेम्वाङको शब्द र विष्णु पोल्वाङ्छा चाम्लिङ राईको सङ्गीत रहेको छ । गीतलाई राजु कार्कीले सङ्गीत संयोजन गरेका हुन्। ‘मकै पिन्नु जाँतोमा, धानचाहिँ ढिकीमा’, ‘सोल्टिनीलाई नमस्ते पहिलो भेटैमा’ ‘पिठो चाल्नु चाल्नीमा, चामल नाङ्लोमा’, ‘सोल्टीज्यूलाई नमस्ते पहिलो भेटैमा’ ‘बोलाउँदैमा नसुने झँै किन ग¥या होला, ‘पहिलो भेटमै मेरोपछि किन लाग्या होला’, ‘आँखा लोभी मन पापी अल्लारे सोल्टीको, हिम्मत भए भने हुन्छ खाँटी कुरो के हो’ लगायत बोलका गीत प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोमा बीना राउत, सुन्दर घलान र रमेश राईको अभिनय रहेको छ । सनम तामाङले छायाङ्कन गरेको यस भिडियोमा केशवराज भट्टको कोरियोग्राफी रहेको छ ।

अर्जुन खड्काको सम्पादन र निर्देशनमा भिडियो तयार पारिएको हो । गायक राईको युट्युब च्यानल ‘रमेश राई’ मार्फत् भिडियो सार्वजनिक भएको हो । निर्माण समूहले भिडियोलाई हेरेर प्रतिक्रिया दिन आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot