Logo

भारतमा फेरि बढ्यो कोरोना, २४ घण्टामा ९० प्रतिशत संक्रमित थप



एजेन्सी, ५ बैशाख । भारतमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । आइतबार देशमा २ हजार १८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो शनिबारको तुलनामा ८९.८ प्रतिशतले बढेको हो ।

शनिबार १ हजार १ सय ५० केस फेला परेका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । आइतबार, २१४ मृत्यु जनाको मुत्यु भएको थियो ।

जनवरीमा तेस्रो लहर आएपछि लगातार ११ सातासम्म केसमा कमी आएको थियो तर पछिल्ला ७ दिन (११ देखि १७ अप्रिल)मा कोरोना सङ्क्रमितमा ३५ प्रतिशतले वृद्धि भएको छ । तर, यो वृद्धि दिल्ली, हरियाणा र उत्तर प्रदेशमा मात्र दर्ता भइरहेको छ।

आइतबार सकिएको सातामा देशमा करिब ६ हजार ६ सय १० कोरोना संक्रमित थपिएका छन् । जसका कारण गत साता देशमा ४ हजार ९ सय संक्रमित भेटिएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्यामा लगातार कमी आएको छ । गत हप्ता मात्रै २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot