Logo

गठबन्धनको बैठक निष्कर्षविहीन, बैठक आजै फेरी बस्ने



काठमाडौं, ५ बैशाख । आज बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहिन टुंगिएको छ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको बैठक आज फेरी बस्नेगरी सकिएको हो ।

सत्ता गठबन्धनको बैठक आज फेरी बस्नेछ । आजैमात्र गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो

गठबन्धन दलका शीर्ष नेताबीच महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई सम्भवतःआजै टुङ्गो लगाउने सहमति पनि भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि सुरु भएको गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको बैठकमा सो विषयमाथि छलफल भएको हो ।

बिहानको बैठकमा छलफल जारी रहेको र खानाका लागि केही समय स्थगन गरी बैठक पुनःअपराह्न २ः३० बजेपछि बस्ने प्रधानमन्त्रीका कानून विज्ञ एवं समितिका सदस्य सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।

बैठकमा विशेषगरी छ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँटबारेमा छलफल भएको उनले बताए। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा भएको बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी थिए।



प्रतिक्रिया दिनुहोस्