Logo

६८२४ ‘भाडाका सैनिक’ रुसविरुद्ध लड्न युक्रेन छिरेको दाबी



एजेन्सी, ५ वैशाख । रुसले आफूविरुद्ध लड्न युक्रेनमा ६ हजार ८ सय २४ ‘भाडाका विदेशी सैनिक’ छिरेको तथ्यांक सार्वजनिक गरेको छ । रुसी रक्षा मन्त्रालयले आइतबार यसबारे उल्लेख गरेको हो ।

रुसले १०३५ ‘भाडाका सैनिक’ मारिएको दाबी गरेको छ । ४ सय सैनिक मारिउपोलमा घेराबन्दीमा परेको समेत उल्लेख गरेको छ ।

१७ सय १७ ‘भाडाका सैनिक’ पोल्यान्डका रहेको, १५ सय अमेरिका, क्यानडा र रोमानियाबाट पुगेको, ३ सय बेलायत र जर्जियाबाट र १९३ टर्कीको नियन्त्रणमा रहेको सिरियाबाट पसेको तथ्यांक उल्लेख गरिएकोछ ।

अहिले पनि झण्डै ५ हजार भाडाका सैनिक युक्रेनमा सक्रिय रहेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot