Logo

हायात होटलले १६ करोड बराबरको शेयर जारी गर्ने



काठमाडौं, ५ बैशाख । होटल हायात प्यालेसले १६ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा जारी गर्ने भएको छ । गोल्यान समूहको उक्त होटलले १६ करोड ७४ लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको हो ।

हायात प्यालेसको प्रवर्द्धक कम्पनी सिटी होटल लिमिटेड सेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । होटलले उक्त सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

होटलले जारी गर्न लागेको सेयरपछि चुक्ता पुँजी १ अर्ब १० करोड रूपैयाँ पुग्ने जनाइएको छ । हायात प्यालेस होटल गत वर्ष मात्र सञ्चालनमा आएको हो। काठमाडौं, सोल्टीमोडमा रहेको यो पाँचतारे होटल कुल चार अर्ब ३९ करोड ६० लाख रूपैयाँ लागत तयार भएको हो भने १ सय ५३ वटा कोठा छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot