Logo

ओलीले भने–“मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु, चुनाव रोक्ने कोसिस नगर्नुस्”



काठमाडौं, ५ बैशाख । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन कुनैपनि हालतमा सार्न नदिने बताएका छन् ।

उनले आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि निर्वाचन रोक्ने कोसिस नगर्न आग्रह गरेको बताएका छन् ।

आज (सोमबार) सोलुखुम्बुमा आयोजित जसनभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘निर्वाचन सार्ने कोशिस नगर्नुहोस’ उनले भने,‘मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । उहाँले बुझ्नुहुन्न हामी बुझाएर छोड्नेछौं । चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएर छाड्छौं ।” file photo



प्रतिक्रिया दिनुहोस्