Logo

लोकप्रिय गायिका रितु कँडेल सम्मानित



काठमाडौं, ५ बैशाख । विगत १४ वर्षदेखि नेपाली साङ्गीतिक क्षेत्रमा लागेकी गायिका रितु कँडेललाई सम्मान गरिएको छ । चन्द्र लोक प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको एक बृहत कार्यक्रममा गायिका कडेल विशेष सेवा सम्मानबाट सम्मानित भएकी हुन ।

सम्मानित कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले कडेललाइ सम्मान गरेका हुन् । कडेलका थुप्रै गीतहरु नेपाली सांगीतिक बजारमा छाएका छन् । पछिल्लो समय गायिका कडेल स्टेज कार्यक्रममा समेत उत्तिकै व्यस्त देखिन्छिन ।

गायिका कँडेलले सम्मानमा आभार व्यक्त गर्दै आफूलाई यस सम्मानले गायन क्षेत्रमा अगाडि बढन थप प्रेरणा मिलेको बताइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot