Logo

भोलि विहानसम्म महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्छ : सञ्चारमन्त्री कार्की



काठमाडौं, ५ बैशाख । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा भोलिसम्म सहमति जुट्ने दाबी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुसहितको चुनाव समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

उनले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे आजै सहमतिनजिक पुगिएको दाबी गरे ।

उनले भने,‘हामी समग्र रुपमा सहमतिको नजिक पुगेका छौं । भोली साढे ११ बजेको बैठकपछि मैले तपाईहरुलाई सहमतिको खाका सुनाउनेछु । गठबन्धनमा सबैकुरा सकरात्मक भइरहेको छ ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot