Logo

कांग्रेसको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमितिमा विवेक बानियाँ



काठमाडौं, ५ बैशाख । नेपाल विद्यार्थी संघका नेता विवेक बानियाँ कांग्रेसको केन्द्रीय निर्वाचन प्रचार-प्रसार समिति अन्तर्गतको सामाजिक सञ्जाल प्रचार–प्रसार उपसमिति सदस्यमा मनोनित भएका छन् ।

कांग्रेस केन्द्रीय सदस्य राजेन्द्र कुमार केसीको संयोजकत्वमा गठित समितिले त्रि-चन्द्र क्याम्पसका नेता बानियाँलाई मनोनित  गरेको हो ।

बानियाँले स्थानीय निर्वाचनका क्रममा कांग्रेसको प्रचारप्रसारलाई युवा तथा अन्य मतदाता माझ सार्वजनिक गराउन भूमिका खेल्ने उपसमितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot