Logo

सत्ता गठबन्धन बैठकः पोखरामा अड्कियो तालमेल



काठमाडौं, बैशाख ६ । सत्तारूढ पाँच दलबीचको चुनावी तालमेल पोखरा महानगरमा पुगेर अड्किएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान दिउँसो र साँझ गरी तीनपटकसम्म बसेको सत्तारूढ गठबन्धनको बैठक साँझसम्म जारी रहे पनि पोखरा महानगरको विषयमा तालमेल नमिल्दा सहमति जुट्न नसकेको हो ।

पोखराबाहेक, काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर र वीरगन्ज महानगरपालिकामा भागबन्डा मिलिसकेको छ । नेताहरूका अनुसार काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने सहमति भएको छ । भरतपुरको मेयर माओवादी केन्द्र र वीरगन्जको मेयर जनता समाजवादी पार्टीले लिने सहमति भइसकेको छ ।

पोखरा महानगरमा भने कांग्रेस र एकीकृत समाजवादी दुवैको दाबी छ । सो महानगरमा सहमति नजुट्दा अन्य सहमति भएका महानगरको विषयलाई समेत सार्वजनिक गरिएको छैन । ६ वटा महानगर र ११ उपमहानगरमा तालमेल दिनभर छलफल भएपनि पोखरामा कुरा नमिल्दा सहमति हुन सकेन् ।

कांग्रेस नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने तालमेल सत्ता गठबन्धन सहमतिनजिक पुगेको दाबी गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot