Logo

निलम्बित गभर्नर अधिकारीको रिटमाथि आज सुनुवाइ हुँदै



काठमाडौं, बैशाख ६ । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । अधिकारीको रिटको पेसी आज तोकिएको हो ।

अधिकारीले गत आइतबार दायर गरेको रिट सर्वोच्च अदालतले सोमबार दर्ता गरेको थियो । अधिकारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै अर्थ मन्त्रालय, अर्थमन्त्री र सरकारले गठन गरेको छानबिन समितिलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
अधिकारीले दायर गरेको रिट न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा परेको छ ।

अधिकारीले रिटमा आफूमाथि गरिएको निलम्बन फुकुवा गरी पूर्ववत् कामकारबाही गर्न दिन अन्तरिम आदेशको माग गरेका गरेका छन् । सर्वोच्च अदालतले अन्तरिम आदेश दिएमा अधिकारी काममा फर्किने छन्।



प्रतिक्रिया दिनुहोस्