Logo

माधव नेपालको पार्टीलाई पोखराको साटो अर्को ठाउँ दिन तयार छौंः कांग्रेस सहमहामन्त्री



काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पोखरा महानगर नेकपा (एकीकृत समाजवादी) लाई दिँदा विपक्षी दलले जित्ने अवस्था रहन सक्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “गठबन्धनको उद्देश्य आफ्नो पक्षलाई जिताउने हो । दलीय बाँडफाँटभन्दा पनि कुन उम्मेदवारले जित्छ भन्ने आधारमा टिकट दिने हो । पोखरामा हाम्रो राम्रो संगठन छ । त्यहाँ हाम्रो जित्न सक्ने पोजिसन छ । हाम्रो सरोकार कति मात्र हो भने हामीले जसको विरुद्ध गठबन्धन गरेका छौं, त्यसले जित्ने अवस्था आउन सक्छ । एकीकृत समाजवादीलाई दिँदै नदिने भनेको होइन । माधव नेपालको उम्मदेवार जित्ने पोजिसन छ भने दिउँला । छैन भने अर्को ठाउँमा दिउँला नि ।”
शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने दललाई अपमान गर्न मिल्छ भन्ने प्रश्नमा यादवले भने, “शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु माधव नेपाल र प्रचण्डको महानता हो । त्यसलाई हामीले नजरअन्दाज गरेका छैनौं । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र बचाउन रिक्स लिनुभयो । कम्युनिस्टको नाक बचाइदिनुभयो । उहाँले जित्न सक्ने अवस्था छ भने दिन तयार छौं । पोखराका कारण गठबन्धनको हलो अड्किँदैन । हाम्रो भनाइ के हो भने आफ्नो संगठनको मूल्यांकन गर्नुपर्यो उहाँहरुले । गठबन्धन भएर पनि जित्न सकेन भने अप्ठ्यारो पर्छ ।”

 



प्रतिक्रिया दिनुहोस्