काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् । पार्टीनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले एउटै दलको बहुमत आउने सम्भावना नभएकाले गठबन्धन गरेर नै जानुपर्नेमा जोड दिएका हुन् । उनले गठबन्धन गरेपछि लेनदेन गर्नुपर्ने भन्दै अहिलेको अवस्थामा गठबन्धन जोगाएर जान चनाखो हुनुपर्नेमा जोड दिए ।
पछिल्लो समय सत्ता गठबन्धनबीच महानगर र उपमहानगरको सिट बाँडफाँटबारे टुँगो लगाउन छलफल जारी छ । गठबन्धनको बैठक पनि आजै बस्ने भनिएको छ। कांग्रेसका नेताहरुले गठबन्धन गर्न नहुने भन्दै अभिव्यक्ति दिएको बेला प्रधानमन्त्री देउवाको यस्तो भनाई आएको हो। file photo