Logo

नव गायक बस्यालको ‘राष्ट्रप्रेमी’ कृति बिमोचन (भिडियो सहित )



पाल्पा, बैशाख ६ । नव गायक सुशिल बस्यालको राष्ट्रप्रेमी बिमोचन गरिएको छ । उक्त कृतिको बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण बस्यालले सोमबार पाल्पामा एक औपचारिक कार्यक्रमका बीच बिमोचन गरेका हुन ।

गीत बिमोचन गर्दैँ बस्यालले गीत सर्जकलाई बधाई तथा शुभकामना दिएका थिए । अझ गीतलाई सम्पुर्ण दलका नेताहरु उपस्तिथि भएर बिमोचन गर्न पाए सुनमा सुगन्ध हुने प्रमुख अतिथि बस्यालले बताए ।

कार्यक्रमका अध्यक्ष बस्यालले गीतले समाजमा देखिने हरामीहरुलाई झटारो हान्ने शब्द प्रयोग र देशमा हुने बिभिन्न गतिविधीहरुलाई समावेश गरेर शब्दहरु रचिएको बताए । जसमा शब्द सुशिल बस्यालको रहेको छ भने शब्द सम्पादक शंकर बस्यालले गरेका छन् । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको रहेको छ । त्यस्तै गीतको संगीत संयोजन खेम गोपालले गरेका हुन ।

यसैगरी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पत्रकार महांसघका अध्यक्ष रेखीराम राना ,कलाकार चित्रवलीराम सुवाल, शीत काब्य समाज नेपाल पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवाली, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, साहित्यकार नारायण घिमिरे लगायतले गीतको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

आशिका प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको छ ।

भिडियो हेर्नुहोस् :

 



प्रतिक्रिया दिनुहोस्