Logo

माधव नेपालले भने–एमालेसँग विद्रोह गरेर आएका हौं, हामीलाई अपमान सह्य छैन



काठमाडौं, ६ बैशाख । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिएका छन् ।

उनले आफ्नो पार्टीलाई अपमान सह्य नहुने पनि चेतावनी दिएका छन् । पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल सकस बनिरहेको बेलामा अध्यक्ष नेपालको यस्तो भनाई आएको हो ।

आज (मंगलबार) काठमाडौंमा आयोजित पार्टी एकता तथा घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीलाई अपमान सह्य नहुने चेतावनी दिएका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनसँग उनको पार्टीले एक महानगर र तीन उपमहानगरमा दाबी गरेको छ।

तर, कांग्रेसले नेकपा (एकीकृत समाजवादी) ले दाबी गरेको पोखरा महानगर पनि छोड्न नसक्ने बताएपछि अध्यक्ष नेपालको सार्वजनिक रुपमै यस्तो अभिव्यक्ति आएको हो । उनले आफ्नो पार्टी अपमान सहनको लागि नजन्मिएको भन्दै एमालेसँग विद्रोह गरेर आएको पनि स्मरण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot