Logo

देउवाले पोखरामा मेयर छाड्नुपर्ने हुनसक्ने भनेपछि कांग्रेस नेताहरु के भने ?



काठमाडौं, ६ बैशाख । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराको वस्तुस्थिति बुझ्न त्यहाँका नेताहरुलाई डाकेर छलफल गरेका छन् ।

उनले पोखरा महानगरपालिका कांग्रेसले छाड्नु पर्ने अवस्था आउन सक्ने बताएपछि भेटमा सहभागी नेताहरुले छाड्न नसक्ने जवाफ दिएका हुन् ।

भेटमा सहभागी पुर्वमन्त्री यज्ञबहादुर थापाले कांग्रेससँग रहेको ६५ हजार मत अन्य पार्टीलाई खन्याउन नसक्ने जवाफ दिएको बताए । ‘पोखरामा हामीले कांग्रेस मजबुद भएको जानकारी तथ्यसहित दिएका छौ । जसरी पनि अन्य गठबन्धनलाई सम्झाएर मेयरमा कांग्रेसले लड्न पाउनुपर्छ भनेका छौ ।’ थापाले भने,‘६६ हजार मत अन्य पार्टीमा खन्याउन ज्यादै अव्यवहारिक छ ।’

पोखराको हकमा हामीले भनेको कुरा गठबनन्धनको बैठकमा उहाँले राख्नुहुनेछ भन्ने आशासहित पोखरा फर्केन लागेका छौ । –उनले भने ।
पोखरा महानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाई दिने चर्चा रहेको छ । एमालेबाट मानबहादुर जिसीले जितेका थिए । समाजवादीले एमालेले जितेको भन्दै आफुले पाउनुपर्ने माग राख्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot