काठमाडौं, ६ बैशाख । निलम्बित नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले दिएको रिटमाथि प्रारम्भिक सुनुवाई सुरु भएको छ । अधिकारीले आफुलाई सरकारले गरेको निलम्बनविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
अधिकारीको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा पहिलो सुनुवाई भएको हो । अधिकारीको पक्षमा वहस गर्ने वकिलहरुले यसअघि पनि लगानी बोर्डको अध्यक्ष हुँदा उनी विरुद्धको रिटमा बहस गरेका थिए ।
तीनै विषयवस्तु फरक भएको भन्दै बहस गर्न मिल्ने भन्दै वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, सुशील पन्त, सतिशकृष्ण खरेल, शम्भु थापाले उनको पक्षमा बहस गरेका छन् ।