Logo

दुर्गा प्रसाईद्धारा हल्दिवारी गाउँपालिकाका एक हजार स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा



काठमाडौं, ६ बैशाख । नेकपा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले झापाको हल्दिवारी गाउँपालिकामा निःशुल्क स्वास्थ्य बिमा गराएका छन् ।
उद्योगी ब्यवसायी समेत रहेका बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आइरहेका प्रसाईले मंगलबार पनि हल्दिवारीका १ हजार स्थानीयलाई निशुल्क स्वास्थ्य विमा उपलब्ध गराएका हुन् ।

उक्त स्थानमा बि एण्डी सी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पतालको आयोजनामा सामाजिक उत्त्रदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा विभिन्न व्यक्त्तित्वहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रसाईले यस्ता कार्यक्रमहरु आफूले निरन्तर जारी राख्ने बताए । यसअघि पनि बि एण्डी सी अस्पताल अन्तर्गत निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुँदै आइरहेको थियो । बि एण्डी सीका सञ्चालक प्रसाईले अहिले राजनीतिसँगै स्वास्थ्य क्षेत्रमा पनि ठुलो योगदा पुर्याउदै आइरहेका छन् ।

गत शनिवार झापाको कचनकवल गाउँपालिका अन्तर्गत सतार्क बस्तीमा रहेका लोपउन्मुख जातिलाई भेट गर्न पुगेका प्रसाईले त्यहाँ पनि तुरुन्त स्वास्थ्य बिमा गरिदिने प्रतिबद्दता जनाएका थिए । यस्तै उनले उक्त बस्तीमा खानेपानीको सुविधा पनि पुईदिने बताएका छन् ।

यस्तै उनले सोमबार नै हल्दिबारी गाउँपालिकामा लामोसमयदेखि उपचारको अभावमा साङ्लोले बाँधिएका एक युवकको उद्दार पनि गरेका थिए ।

प्रसाईले पछिल्लो समय हरेक दिन जनताको सेवामै लागिरहेका छन् । प्रसाई आउँदो निर्वाचनमा झापाको क्षेत्र नं। ३ बाट उठ्ने तयारीमा छन् ।धेरै विकाशका कामहरु अगाडि बढाइसकेका प्रसाई अहिले आफ्नो क्षेत्रको विकाशका कामको लागि जोडतोडका साथ लागिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्