Logo

सर्वोच्चको अल्पकालीन आदेशसँगै गर्भनर अधिकारीलाई काममा फर्कने बाटो खुल्यो



काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई काममा फर्कने बाटो खुलेको छ । सर्वोच्च अदालतले अधिकारीको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि हाललाई काममा फर्कने बाटो खुलेको हो ।

सर्वोच्चका न्यायाधीश हरि फुयाँलको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै हाललाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न समेत भनेको छ । आदेशमा दुवै पक्षलाई १३ वैशाखमा छलफलका लागि बोलाइएको छ ।

सरकारले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय लिएको थियो । उनीविरुद्ध छानबिन समेत सुरु भइसकेको छ । अधिकारी काममा फर्किने गरी अल्पकालीन आदेश जारी भएपछि सत्ता गठबन्धनमा समेत तरंग आएको छ । अर्थमन्त्री जर्नादन शर्मा आदेश आएसँगै समस्यामा पर्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्