Logo

तिब्बतमा १३ वर्षमा १५० भन्दा बढी आत्मदाह



एजेन्सी, ७ वैशाख । तिब्बतमा १५० आत्मदाहको घटना रेकर्ड भएको छ । ९ अप्रिल २०२२ मा भएको वेविनारमा एउटा पेपर प्रस्तुतीमा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

आत्मदाह गर्नेमा तिब्बतका लोकप्रीय गायक सेवाङ नोरबु पनि हुन् । उनले फेब्रुअरी २०२२ मा २५ वर्षको उमेरमा आत्मदाह गरेका थिए ।
तिब्बती नयाँ वर्ष लोसारको अघिल्लो दिन ल्हासाको पोताला दरबार बाहिर आफैलाई आगो लगाएर नोरबुले आत्मदाह गरेका थिए । ८१ वर्षीय वृद्धले पनि २७ मार्चमा आत्मदाह गरे ।

सन् २००९ यता चीनभित्र १५९ तिब्बतीले आत्मदाह गरेको तथ्यांक पेपरमा प्रस्तुत गरिएको छ । अन्य १० जनाले नेपाल र भारतभित्र आत्मदाह गरेको उल्लेख छ । धेरैजसो भिक्षु छन् ।

आत्मदाहको कारण शोषण, स्वतन्त्रताको हनन, सांस्कृतिक नरसंहारलाई कारण देखाइएको छ ।

इट द बुद्धः लाइफ एन्ड डेथ इन ए टिबेटन टाउन पुस्तकमा आत्मदाहका दर्दनाक घटनाहरुबारे उल्लेख छ । जसमा नाबा गाउँलाई आत्मदाह बढी भएको ठाउँका रुपमा चित्रण गरिएको छ ।

तिब्बतीहरुको आत्मदाहलाई उनीहरुको देशभक्तिसँग जोडिने गरिएको छ । यो एक किसिमको आत्महत्या नै हो । तिब्बतीहरुको आत्मदाहले धेरै प्रश्नहरु जन्माउन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot