Logo

गण्डकीका मन्त्रीको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु



गण्डकी, ७ बैशाख । पोखरामा गण्डकी प्रदेशका अर्थमन्त्रीको गाडीको ठक्करबाट एक सर्वसाधारणको मृत्यु भएको छ ।

अर्थमन्त्री रामजी बराल चढ्ने गाडी ग १ झ ४४५ नम्बरको गाडीले गत बैशाख १ गते ठक्कर दिएर तनहुँ एक्लेखेतका मीनबहादुर पाइजा घाइते भएका थिए ।

गम्भिर घाइते भएका पाइजाको मनिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाइजा र उनकी श्रीमती चढेको मोटरसाइकललाई गाडीले ठक्कर दिएको थियो । श्रीमतीको भने अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot