Logo

सशस्त्रका ७ जना एसपीले पाए कामु एसएसपीको जिम्मेवारी



काठमाडौं, ७ बैशाख । सशस्त्र प्रहरी बलका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरुले कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी पाएका छन् ।

सशस्त्रले साधारण समुह र प्राविधिक उप–समुहतर्फका ७ जना उपरीक्षकलाई ४ वर्षे पदावधि पुरा नभएपछि कामु जिम्मेवारी दिने निर्णय गृहमन्त्रालयले गरेको हो ।

प्राविधिक समुहको स्वास्थ्यतर्फ डा.मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ, सञ्चार इन्जिनियरिङ तर्फबाट प्रमोदकमार शाह र साधारण तर्फ उद्धव बहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेनलाई कामु एसएसपीको जिम्मेवारी दिइएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot