Logo

पल शाह प्रकरण : नाबालिकाका बाबुले पनि बयान फेरेपछि…



काठमाडौं, ७ बैशाख । जबरजस्ती करणी मुद्दामा अभिनेता पल शाह अहिले पुर्पक्षको लागि थुनामा छन् । उनलाई गत चैत्र १० गते तनहुँ जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।

शाहविरुद्ध जाहेरी दिएकी नाबाकिका गायिकाले केही दिन अघि बयान फेरेकी थिइन् । र, हिजो उनका बुवाले पनि बयान फेरेका छन् ।
मंगलबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा नाबालिकाका बाबुले छोरीको कुरालाई आधार मानेर जाहेरी दिएको बताएका छन् । साथै उनले करणी नगरेको समेत बताएका छन् ।

तनुहँमा मंगलबार दुर्गेश थापाले पनि बकपत्र दिएका थिए । पीडित नाबालिकाले अर्काको उक्सावटमा लागेर बलात्कारको आरोप लगाएको बताएकी छिन् । उनले बयान फेरेपनि पीडितका बावुले बकपत्रमा के भन्छन् भन्ने सर्वत्र चासो थियो । जाहेरीवाला बुवाले नै बयान फेरेपछि पलका शुभचिन्तकहरु हर्षित भएका छन् ।

अब भोलिदेखि नवलपुरमा पनि बकपत्र सुरु हुनेछ र त्यहाँ पनि पीडित पक्षको बयानमा भर पर्ने जानकारहरुको भनाई छ ।

 



प्रतिक्रिया दिनुहोस्