Logo

काठमाडौंका मेयर विद्यासुन्दर शाक्यलाई ऋषि धमलाको प्रश्न : पाँच वर्षमा के-के काम गर्नुभयो? अवसर त धेरै थियो नि ? (भिडिओसहित)



काठमाडौं, ७ बैशाख । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले यो पाँच वर्षको अवधिमा धेरै नै काम गरेको दाबी गरेका छन् । उनले आफ्नो कामबाट जनता सन्तुष्ट रहेको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले काठमाडौं महानगरवासीको हितको लागि धेरै नै काम गरेको सुनाए ।

उनले आफूले मेयरको जिम्मेवारी सम्हाल्नुअघि र अहिलेको काठमाडौं महानगरको अवस्था तुलना गरेर हेर्नपनि सुझाव दिए । उनले अहिले सामूदायिक विद्यालयको स्तरको पनि दिनप्रतिदिन सुधार भएको सुनाए । उनले आफूहरुले प्रदेश र संघीय सरकारको पनि जिम्मेवारी निर्वाह गरेको सुनाए ।

उनले आफू मेयर भएको एक सय दिनमा घोषणा गरेको १०१ काममध्ये सबै पूरा नभएपनि धेरै नै काम पूरा गरेको दाबी गरे । उनले काठमाडौं पहिलेको भन्दा धेरै नै सफा भएको जिकिर गरे । विगतभन्दा अहिले काठमाडौंको मुहार फेरिएको उनको भनाई छ । अहिले काठमाडौंका मुख्य सडक धुलोरहित भएको पनि उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्