Logo

मलेसियामा बढ्यो कोरोना संक्रमणः ६ हजारभन्दा बढी संक्रमित, १२ जनाको मृत्यु



सिन्ह्वा, ७ वैशाख । मलेसियामा पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढेको पाइएको छ । पछिल्लो २४ घन्टा यतामात्र कम्तीमा पनि १२ जनाको ज्यान गएको छ । यहाँका अधिकारीहरुले पछिल्लो समयमा दैनिक जसो कोभिडबाट मृत्यु हुने गरेको पनि बताएका छन् । उनीहरुका अनुसार गएको २४ घन्टा यतामात्र यहाँ ६ हजार ६९ जना संक्रमित भएको पाइएको छ ।

मलेसियामा अहिलेसम्ममा ४४ लाख भन्दा बढी संक्रमित भएका छन् भने ३५ हजार जना भन्दा बढीको कोभिडका कारण ज्यान गएको छ । यहाँ कोभिड संक्रमण बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले जनस्वास्थ्यका मापदण्डहरुको पालनामा पनि कडाइ गरेका बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्