Logo

ठमेलको होटलमा विदेशी नागरिक मृत फेला



काठमाडौं, ७ बैशाख । काठमाडौंको ठमेलमा एक विदेशी नागरिक मृत फेला परेका छन् । ठमेलस्थित होटल मनाङमा आइरिस नागरिक एलेन म्याक्स मृत भेटिएका हुन् ।

म्याक्स स्वीमिङ पुल नजिकै रक्ताम्य अवस्थामा लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । होटल मनाङमा बस्दै आएका म्याक्स बुधबार मृत देखेपछि होटलले प्रहरीले खबर गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्