Logo

उपेक्षित महसुस भएपछि कास्की कांग्रेस कार्यालयमा ताला



काठमाडौं, ७ बैशाख । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने गठबन्धनको सहमतिपछि कास्की कांग्रेस जिल्ला कार्यालयमा ताला लगाइएको छ ।

कार्यालयमा कांग्रेस पोखरा महानगरले तालाबन्दी गरेको हो । महानगर समितिका सचिवद्धय टुवराज बास्तोला र गणेशबहादुर थापाले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै मेयरपद गण्डकी प्रदेश र जिल्ला कार्यसमितिसँग मात्र सहमति गरेर आत्मसम्मानमा चोट पुगेको उल्लेख गरेका छन् ।

‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल माध्यमहरुबाट आएका समाचारहरबाट हामीलाई जानकारी भए पछि यस्तो गैह जिम्मेवारी निर्णयले पोखरा महानगर पालिका कार्यसमिति उपेक्षित भएको महसुस गरेका छौ ।’विज्ञप्तीमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot