Logo

आईपीएलः केएल राहुललाई २० प्रतिशत क्याच फि जरिवाना



काठमाडौं, ७ वैशाख । लखनउ सुपर जायनट्सका कप्तान केएल राहुल कारबाहिमा परेका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार रोयल च्यालेंजर्स बैंगलोरविरुद्धको खेलमा लिगको कोड अफ कनडक्ट उल्लंघन गरेको भन्दै जरिवाना गरिएको हो । उनलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ ।

मुम्बईस्थित डी वाई पाटिल स्पोर्ट्स एकेडेमीको मैदानमा भएको खेलमा राहुलसंगै मार्कस स्टोइनेसलाई लेभल एकको कारवाही गरिएको छ । मार्कसले खेलमा आउट भएपछि गालि गर्दै अपशब्द बोलेका थिए ।



प्रतिक्रिया दिनुहोस्