Logo

राप्रपाको घोषणापत्र सार्वजनिक, सुत्केरीलाई ३ हजार भत्ता दिने देखि पाठेघर क्यान्सरविरुद्धको खोप निशुल्क



काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी चुनावको लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि ४ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

राप्रपाले स्थानीय करको दर परिमार्जन गरी ५० प्रतिशतसम्म स्थानीय कर कटौती गरेर न्युनतम करको व्यवस्था गर्ने घोषणा गरेको छ । त्यस्तै, पार्टीले स्थानीय तहले लिदै आएको करको दर घटाउने घोषणा गरेको छ र रोजगारमुलक उद्योग स्थापना गर्नेलाई भौतिक पुर्वाधार निर्माणमा सहयोग तथा  स्थानीय कर छुट दिने पनि जनाएको छ । महिलाले सञ्चालन गरेका घरेलु उद्योग व्यवसायमा स्थानीय कर छुट दिने राप्रपाको घोष्णापत्रमा उल्लेख गरिएको छ ।

राप्रपाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने, सुत्केरी सेवामा तीन महिनासम्म सुत्केरीलाई मासिक ३ हजार भत्ता दिने घोषणा पनि गरेको छ । किशोरीहरुलाई पाठेघर क्यान्सरविरुद्धको खोप निशुल्क गर्ने जस्ता कार्यक्रम सार्वजनिक गरेको छ ।



प्रतिक्रिया दिनुहोस्